राजु बोहरा–काठमाडौँ । बिशेष गरेर मौलिकतालाई कहिल्यै नभुल्ने गायक तथा सर्जक मौसम गुरुङ्गले पछिल्लो पटक फेरी अर्को कौरा चुट्का “ओई काली” बोलको गीत सार्बजनिक गरेका छन् । रोदी घरमा तन्नेरीहरुले खैजेडी बजाएर गीत गाउने र तरुनीहरु समुहमा नाच्ने नृत्यलाई कौरा नृत्य भनिन्छ । गोरखा, तनहुँ, लमजुङ्ग, पाल्पा, कास्की र नवलपरासी लगाएत जिल्लामा बिशेष रुपमा लिईने प्रस्तुत कुरा भाकामा गायक मौसम गुरुङ्ग र पूर्णकला बि.सीको सुमधुर स्वर सुन्न सकिन्छ ।
मौसम गुरुङ्ग कै लय र सर्जक ओम छिनालको शब्द सृजना रहेको गितको म्युजिक भिडियोमा मौसम गुरुङ र सुस्मिता आले मगरको अभिनय सहित कौरा नांच देख्न सकिन्छ । भिडियोलाई निर्देशन रबिन गुरुङ्गले गरेका हुन् भने सन्तोषी गुरुङको छायांकन र मेक थापा मगरले सम्पादन रहेको छ । म्युजिक भिडियोलाई मौसम गुरुङ्ग को आफ्नै युट्युब च्यानल मार्फत सार्बजनिक गरिएको हो ।
भिडियो हेर्न तल क्लिक गर्नु होला ।