राजु बोहरा–काठमाडौँ । ब्यवसाहिक रुप धरासाही भएता पनि खाई नखाई नेपाली लोक तथा दोहोरी गीत संगीको क्षेत्र सम्वृद्धिको लागि खट्ने धेरै कलाकारहरु रहेका छन् । जस मध्ये शम्भु नेपाल र गोमा कोइराला पनि एक हुन् । उनीहरु द्वयको संयुक्त प्रस्तुतिमा अहिले थुप्रै गीतहरु प्रकाशनमा आइसकेका छन् र आउने क्रममा पनि रहेका छन् । एक महिला र पुरुष कुनै पनि क्षेत्रमा सहयात्री भएपछी नकारात्मक दृष्टिले हेर्ने गरेको पनि हामीले कहीं कतै नेपाली समाजमा पाउने गर्दछौं । तर यो जोडी भने नितान्त सांगीतिक क्षेत्र सम्बृद्धिका लागि लागेका हुन् ।
उनै शम्भु र गोमाले फलस्वरूप गत फाल्गुल १ गते बिहीबारको दिन काठमाण्डौको राष्ट्रिय नाचघरमा सम्पन्न ज्योति फिल्म्स म्युजिक अवार्ड २०७६ बाट “मन परेरै होला नि” बोलको गीत मार्फत सर्वोत्कृष्ट नव काँठे भाका तथा लोक दोहोरी गायिका तर्फको अवार्ड हात पार्न सफल भएका छन् । अवार्ड प्राप्त गरेपछि अशंख्य आफ्ना श्रोता तथा दर्शकहरुलाई धेरै धेरै धन्यबाद ब्यक्त गर्दै शम्भु नेपाल र गोमा कोइरालाले अझै आगामी दिनहरुमा उत्कृष्ट सांगीतिक स्वाद ल्याउने कुरा ब्यक्त गरेका छन् ।
आफ्नो सांगीतिक यात्राको पहिलो खुसि बाड्न पाउँदा आयोजक ज्योति फिल्म्स म्युजिक अवार्ड आयोजकलाई पनि उनीहरु द्वयले आभार प्रकट गरेका छन् । हामी हाम्रो तर्फ बाट पनि गायक तथा सर्जक शम्भु र गायिका गोमा कोइरालालाई बधाई ब्यक्त गर्दै आगामी दिनहरुको सफल सांगीतिक यात्राको शुभकामना ब्यक्त गर्दछौं ।
मन परेरै होलानी बोलको गीत हेर्नको लागि तल क्लिक गर्नु होला ।