राजु बोहरा–काठमाडौँ । बिशेष गरेर मौलिक गीत संगीतमा रुची राख्ने गायक रामकुमार कार्की रामेछाप जिल्लामा जन्मिएका हुन् । अहिले उनले काठमन्डौमा रहेर नेपाली गीत संगीतको सम्बृद्धिका निमित्त आफ्नो भूमिका निर्वाह गरिरहेका छन् ।कार्कीले घर त मेरो रामेछाप जिल्ला, कलियुगका केटा केटि, जे गरेनी चल्यो, कोइली चरी, कालापानी हाम्रै हो, माली गाईको तर लगाएका गीतहरु लोक तथा दोहोरी गीत संगीतका अनुरागीहरु माझ रहेका छन् । स्वभाबले खरो तर मन सफा भएका उनि अझै आगामी दिनहरुमा यस्तै कर्णप्रिय गीतहरु बजारमा ल्याउन खटिरहेका छन् ।

गायक कार्कीको बजारमा आएका सबै गीतहरुलाई अशंख्य श्रोता तथा दर्शकहरुले मन पराउनु भएकोछ । जस मध्य “कोइली चरी” बोलको गीतले उनलाई थप उचाइमा पुर्याएको छ । पछिल्लो समयको सांगीतिक बजारमा केहि रोमान्चक गीतहरु बिक्ने भएकोले गायक कार्की मार्फत केहि महिना अगाडी मात्रै उक्त गीत उनकै युट्युब च्यानल मार्फत सार्बजनिक भएको थियो । सुरुका दिनमा अन्य कलाकार संग के भिड्न सकिएला र भन्ने किसिमको संकोच बोकेका उनि अहिले १० लाख भन्दा बढी दर्शकहरुको माया पाउँदा मख्ख रहेका छन् ।

ब्यवसाहिक रुपमा जे जस्तो भए पनि अशंख्य श्रोता तथा दर्शकहरुले यति धेरै माया गरिदिंदा गायक रामकुमार कार्कीले अझै कर्णप्रिय गीतहरु पस्किन उर्जा मिलेको बताएका छन् । उनले “कोइली चरी” बोलको गीतको अपार सफलता संगै कालापानी हाम्रै हो, र मालिगाइको तर बोलको गीत बजारमा ल्याएका हुन् । यी गीतहरु मात्र मेरो सांगीतिक यात्राको समाप्ति होइन भन्दै अझै धेरै गीतहरु क्रमस बजारमा ल्याउने प्रतिबद्धता कार्कीले ब्यक्त गरेका छन् । हामी उनको अझै सफल सांगीतिक यात्राको शुभकामना ब्यक्त गर्दछौं ।

कोइली चरी बोलको गीतको म्युजिक भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया