राजु बोहरा–काठमाडौँ । नेपलि लोक दोहोरी गीत संगीतका पारखीहरु माझ अर्को एउटा निकै मन छुने गीत बजारमा आएको छ । मौलिक स्वादमा तयार भएको उक्त गीत “फुल धयरी” बोलको रहेको छ । पछिल्लो समयको सांगीतिक माहोललाई बुझेर रोमान्चक सैलिमा तयार पारिएको यो गीत मिनेश घतानिको नाममा बजारमा आएको हो ।

गीतमा मिनेश घतानी र शान्ति श्री परियारको सुमधुर स्वर सुन्न सकिन्छ । गीतलाई लय माधब भण्डारीले तयार पारेका हुन् सर्जक, संगीत संयोजक तथा गायक माधब भण्डारीले यस अगी पनि थुप्रै गीतहरु आफ्ना अशंख्य श्रोता तथा दर्शकहरु माझ प्रस्तुत गरिसकेका छन् । उनै माधब द्वारा लय र संगीत संयोजनले भरिएको यस गीतलाई पनि अशंख्य श्रोता तथा दर्शकहरुले आफ्नो मन मस्तिष्कमा राखिदिनुहुने छ भन्ने कुरामा निर्माण युनिट ढुक्क रहेको छ ।

रमेश बि.जी को शब्द द्वारा सुसजित “फुल धयरी” बोलको गीतको म्युजिक भिडियोमा लोमश शर्मा, अर्जुन, अश्मिता, समिक्षा, भिम के.सी र सन्तोष मग्रातीको आकर्षक अभिनय देख्न सकिन्छ । भिडियोलाई निर्देशन शिब बि.क ले गरेका हुन् भने कोरियोग्राफ माधब श्रेष्ठ, छायांकन अजय रेग्मी र सम्पादन शिलन लम्साल ले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया