अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशी यहि १६ गते वैवाहिक वन्धनमा बाधिदैछन्। लामो प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न लागेका यी दूईका केहि तस्विर यतिबेला समाजिक संजालमा भाइरल रहेका छन्। प्रियंकाले मनाएको व्याचलर पार्टीका तस्विर यस अगाडी नै सार्वजनिक भैसकेका छन्।

आफ्ना निकट साथिसंग उनले खिचाएका तस्विरले सामाजिक संजालमा राम्रै स्थान पाएका थिए। तर यतिवेला भने आयुष्मानले खिचाएका केहि तस्विरले सामाजिक संजालमा तरंग नै पैदा गरेको छ। तस्विर ट्रोलको शिकार पनि भएका छन्। प्रियंका र उनका साथीले खिचाएका तस्विरको नक्कल आयुष्मान अनि उनको साथीले नक्कल गरेका छन्।

जुन पोजमा प्रियंकाको ग्रुपले तस्विर खिचाए त्यहि पोज नै आयुष्मानको ग्रुपले गरेका छन्। प्रियंका र आयुष्मानको जोडी र उनीहरुको क्रियाकलाप प्राय ट्रोलमा परीनै रहेका हुन्छन्। चाहेर होस् या अन्जानमा नै होस् तर चर्चामा रहन भने यो जोडीले भुलेको हुदैन।

तपाईको प्रतिक्रिया