काठमान्डाँै , फागुन १५ ।
सप्तरगीं बाल समुहको सहयोगार्थ नेपाली कथानक चलचित्र मेरो दिल छ पोखरा आगामी चैत्र ४ गते धरान स्थित गणेश टाकिजमा विशेष शो गरिने भएको छ । गरिव तथा असाय बालबालिकाको सहयोगको लागी विषेश प्रर्दशन गर्न लागीएको चलचित्रका निर्देशक तथा लेखक शकर अधिकारी घायलले बताए ।
नेपाली सिने क्षेत्रमा रहेको विकृति र विसंगतिलाई समेटेर तयार पारिएको चलचित्रमा राजु पौड्याल ,रोशन बिसि, कला राई, दिप कुलुङ, गगां कुवँर, लक्ष्मी श्रेष्ठ र विशाल सुनुवार को अभिनय रहेको छ ।

राजन महर्जन को नृत्य बिश्वास भण्डारी को सम्पादन ,देव महर्जन को द्वन्द्व र रामकृष्ण कडेलको छायांकन रहेको छ । पुरुषोत्तम न्यौपाने, सिडि बिजय अधिकारी को संगीत ,नित्याशिवा ,पुरुषोतम न्यौपाने , सिडि बिजय अधिकारी र ममता राना को आवाज शंकर अधिकारी घायल र दिपेन्द्र खड्का को गीत रहेको छ ।

तपाईको प्रतिक्रिया