जेन्सी– बलिउड अभिनेत्री रकुल प्रीत सिंहले आफ्नो यूट्यूव च्यानल खोलेकी छन्।
रकुलले आफ्नो च्यानलबाट कमाई भएको रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने पनि जानकारी दिएकी छन्।
उनका अनुसार च्यानलमा आफ्ना फ्यानका लागि फूड, फिटनेस, फिल्म तथा आफ्ना साथीहरुसँगका रमाइला सामग्रीहरु राखिने छ।
उनले यसअघि सामाजिक सञ्जालमार्फत आफू नयाँ यूट्यूव च्यानल सुरु गर्न लागेको भन्दै जसबाट लकडाउनका समयमा आफ्नो खाली समय सदुपयोग हुने र कमाई भएको पैसा सहयोग गर्ने बताएकी थिइन्।
उनले बलिउडमा ‘दे दे प्यार दे’, ‘सिम्ला मिर्ची’, ‘मरजाँवा’ लगायतका चलचित्रमा अभिनय गरेकी छन्। साथै उनी साउथ इण्डियन चलचित्रमा समेत काम गर्दै आएकी छन्।










