काठमाडौं, । लकाडाउनका बेला पनि साहित्यकारहरु कलम चलाउन भने छोडेका छैनन् । गीतकारहरु पनि गीत सिर्जना रोकिएका छैनन् उनीहरु निरन्तर गीत सिर्जना गरिरहेका छन् । यसै समयमा गीतकार वसन्त वित्यासी थापाको नयाँ राष्ट्रिय गीत ‘मैले टेक्ने जमिनमा शानले बास गर्न पाऊँ‘’ सार्वजनिक भएको छ । उनको ‘मैले टेक्ने जमिनमा शानले बास गर्न पाऊँ आफ्नै भुमिमा उब्जेको अन्नले गाँस भर्न पाऊँ ।’ गीतको भिडियो सार्वजनिक भएको हो ।
गीतमा दिपक लिम्बु, रिमा गुरुङ होडा र निरस मगरको स्वर रहेको छ भने निरसकै सङ्गीत, महाराज थापाको सङ्गीत संयोजन
रहेको छ । गीतको भिडियोमा भुवन अछामी, दिपक श्रेष्ठ, आर्यन अछामी, सुस्मिता गिरी, पवित्रा थापा, प्रिया थापा, मनिराम थापा, विजु थापालगायतका कलाकारको अभिनय रहेको छ । राष्ट्रिय भावनाले ओतप्रोत भएको गीत रहेको छ । भिडियोलाई दीपेन वसनेतले निर्देशन र सम्पादन गरेका छन ।
‘कोही छन् कि’ एल्बममा रहेको यो गीतको भिडियो भकारी एम।डी।सी। मार्फत बेष्ट टोन म्युजिकको युट्युव मार्फत सार्वजनिक गरिएको छ । एउटा राष्ट्रिय भावनाले ओतप्रोत गीत स्रोतारदर्शकमाझ हामीले प्रस्तुत गरेका छौ, हाम्रा अन्य गीत जस्तै यो गीतले पनि स्रोतारदर्शकको माया पाउनेमा आशावादी छौ’ भकारी एमडीसीका अध्यक्ष तथा गीतकार वसन्त वित्यासी थापाले भने । गीतलाई किशोर थापाको मिक्सिङररेकडिङ रहेको छ । https://www.youtube.com/watch?v=jZJ7MOWcQhQ&feature=emb_logo