काठमाडौं । लकडाउनले बाहिर निस्किन नपाउँदा घरमै बसेर काम गर्न पनि समस्या भइरहेको छ । चलचित्र निर्देशक तथा लेखक दीपेन्द्र के खनाल चलचित्रको स्टोरी लाइनअप गर्न खोजिरहेका छन् ।
तर रिसर्च गर्न बाहिर निस्किन नसकेका कारण काम भइरहेको छैन । “कतिपय कुरा रिसर्च गर्नुपर्ने छ । तर बाहिर निस्किनै नसकेपछि रिसर्च हुने नै भएन,” दीपेन्द्र भन्छन्, “बाहिर निस्किन नपाएका कारण काम गर्छु भन्दा पनि अपेक्षित काम भइरहेको छैन ।”
लकडाउनका कारण घरबाहिर निस्किन नपाउँदा रिसर्च गर्ने सम्भाावना छैन । पोस्टमा रहेका चलचित्रलाई इनडोर काम गर्न मिले पनि आउटडोर काम गर्न भने सकिने अवस्था छैन ।
दीपेन्द्र आगामी चलचित्रका लागि स्टोरीमा छन् । सोसल ड्रामामा काम गरिरहेका छन् । गत वर्षको फागुन ९ गते उनको चलचित्र ‘आमा’ रिलिज भएको थियो । ‘आमा’ हलमै रहेका बेला कोरोनाको त्रासका कारण सिनेमा हलहरु बन्द भएका थिए ।










