मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) –
आर्थिक पक्षमा सुधारको महशुस हुनेछ । पूजापाठमा ध्यान जाने खालको दिन रहेको छ । भाग्यले साथ दिएको छ । प्रसस्तै आर्थिक लाभ हुनुका साथै प्रेम प्रसंगमा रमाउने दिन छ । वित्त आदिको पनि लाभ हुनेछ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) –
व्यापार व्यवसायमा नाफा हुने योग छ । धार्मिक, सामाजिक काममा संलग्न भइ मन सन्तोष हुनेछ । फलदायक समय छ । कमाइ बढ्नाले मन प्रसन्न रहने छ । सन्तानबाट पनि सुखको समाचार आउला ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) –
वादविवादको सामना गर्नु पर्नेछ । आजका योजना पूर्ण कार्यान्वयन नहुन सक्छन् । परिवारमा झमेला होला । आर्थीक पक्ष ठिकै भए पनि झगडा र डरको सम्भावना रहेकाले सावधान रहनु होला ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) –
मान सम्मान पाएपनि मनमा डर रहनेछ । प्रशंसकहरूले पनि आलोचना गर्न सक्छन् । साथी भाइबाट मान सम्मान पाइए पनि नोकरीमा अपजस आउला जस्तो छ । दिन सामान्य छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) –
प्रेम प्रसंग सुखद रहने छ । विगतका कर्मको उचित प्रतिफल पाइनेछ । प्रशस्त धन आर्जन गर्ने मौका पनि छ । मनमा शान्ती मिल्नुका साथै बौधिक कार्यहरु सफल हुनेछन्
। पढाइमा पनि प्रगति होला ।
कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) –
फसेको पैसा आज उठ्न सक्छ । तपाईंले प्रयास भने गर्नै पर्ने देखिन्छ । साथीभाइले सरसहयोग गर्नेछन् । मनोरंजनको समय रहेको देखिन्छ । तपाईलाई अरुले बढी विश्वास गर्ने खालको समय रहेको छ ।
तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) –
अध्ययन अध्यापनमा मन लगाउन निकै कठिन पर्ला । खानपानमा नियन्त्रण गर्नु बेस हुनेछ । सुखबाट टाढा हुनुपर्ने समय छ । साथै, गरेका काममा सफलता नमिल्ने देखिन्छ । नचाइने ठाउँमा धनको नाश होला ।
बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) –
निजी काम बन्ने समय छ । शत्रुहरू परास्त हुनेछन् र प्रतिस्पर्धीलाई पछि पार्न सकिनेछ । रोकिएका अधुरा कार्य मिल्ने साथै आँट गरेको कार्य पुरा हुने समय छ । धनजनको पनि लाभ होला ।
धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) –
पर्याप्त धन लाभ हुनेछ । आम्दानी बढ्नेछ । कृषिमा सामान्य र व्यवसायमा राम्रो फाइदा उठाउन सकिनेछ । अनुकुल समय छ । काममा लागि पर्ने र काम पूरा गरेरै छाड्ने अठोट गरे सफल भइनेछ ।
मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) –
आम्दानी अनि खर्च बराबर जस्तो मात्र होला । काममा मन दिन सकेमा सफल भइने दिन छ । खर्च भए पनि भेटघाटमा खर्च हुनाले गर्दा मनमा सन्तोष हुनुका साथै मानसिक सन्तुस्टी मिल्ने छ ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द) –
कमाइ कम खर्च बढी हुनेछ । सानो कुराले आज बेलाबेलामा अशान्ति र छटपटी हुन सक्छ । खर्च बढ्ने साथै मनमा दुबिधा रहने देखिन्छ । निको भइसकेको रोगले पुन सताउन सक्छ ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) –
काम बने पनि अशुभ समाचारले मन खिन्न पार्ला । सोचेको जति फाइदा नबने पनि केहि बन्नेछ । व्यवहारिक चिन्ताले सताए पनि प्रयास गर्दा जटिल कार्यहरु पनि बन्नेछन् । आज आलस्यले पनि सताउला ।