काठमाडौँ – विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसका कारण अहिले बलिउडका सबै फिल्मी कार्यक्रमहरु ठप्प छन् । कोरोनाको रोकथामको लागि गरिएको लकडाउनका कारण बलिउडका सबै कलाकारहरु अहिले घरमै बस्न बाध्य छन् । बलिउडमा फिल्मी कार्यहरु बन्द भएपनि कलाकारका गतिविधिमा भने खासै कमि आएको छैन ।
यस्तै बलिउडका दुई चर्चित अभिनेत्री इन्टरनेटमा बढी खोजिनेमा परेका छन् । अभिनेत्री अभिनेत्री प्रियंका चोपडा र अभिनेत्री सनी लियोनलाई इन्टरनेटमा बढी सर्च गरिएको छ । एसई मर्श अध्ययनका अनुसार उनीहरु इन्टरनेटमा बढी खोजिनेको सुचीमा परेका हुन् ।
एसई मर्श अध्ययनले सार्वजनिक गरेको बढी खोजिनेको सुचीमा बलिउडकै पहिलोमा प्रियंका चोपडा परेकी छिन् । भने दोस्रोमा सनी लियोन परेकी छिन् । प्रियंकालाई गुगलमा ३९ लाख पटक खोजिएको छ भने सनी लियोनलाई गुगलमा ३१ लाख पटक खोजिएको छ । त्यस्तै बलिउडमा बढी खोजिनेमा तेस्रोमा कट्रिना कैफ छिन् । उनलाई १९ लाख पटक गुगलमा खोजिएको रिपोर्टमा बताइएको छ ।