काठमाडौँ — अमेरिकन आइडलको टप टेनभित्र परेका नेपाली युवा दिवेश पोखरेलको समर्थनमा काठमाडौँमा ब्यानर प्रदर्शन गरिएको छ । शनिबार बिहान दिवेश पोखरेलकी ९३ वर्षीया हजुरआमासहित स्थानीयले कलंकी मन्दिर परिसरमा ब्यानर प्रदर्शन गरेका छन् ।
आफ्नो गायनबाट विश्वभरिबाट अमेरिकन आइडल हेर्ने दर्शकको मन जितेका पोखरेल आइतबार हुने टप सेभेनमा बलियो प्रतिस्पर्धी पनि बनेका छन् ।स्थानीयले गायक पोखरेलको समर्थनमा भोटिंग अभियानसमेत सुरु गरेका छन् ।
‘अमेरिकन आइडल’ को शीर्ष १० मा पुगे दिवेश पोख्रेल
समर्थन अभियानको अगुवाई गरेका गायक पोखरेलका छिमेकी बिक्की श्रेष्ठले नेपाली प्रतिभा अमेरिकन आइडलजस्तो विश्व चर्चित गायन प्लेटफर्म पुग्नु गौरवको विषय भएको बताए । पोखरेलको समर्थनमा भोटिंग गरेर सबै नेपालीलाई सहयोग गर्न आग्रह पनि गरे ।