चर्चित अमेरिकी रियालिटी शो ‘अमेरिकन आइडल’ को १८औँ संस्करणमा मा प्रतिस्पर्धा गरिरहेका नेपाली युवा दिवेश पोखरेलले आफ्नी आमालाई समर्पित गर्दै वोन इभरको गीत ‘हे मा’ गाएका छन् । उनले आमाकै अगाडी घरमै उक्त गीत गएका हुन् । अन्तरराष्ट्रिय ‘मदर्स डे’ को अवसरमा उनले उक्त गीत रोजेका हुन् ।
आइडलका जजहरु लियोनेल रिची, ल्युक ब्रायन र केटि पेरिले उनको गीत अत्यन्तै मन पराएका छन् । जज लियोनेलले दिवेशको प्रसंशा गर्दै उनले फोन बुक लाई पनि गीत बनाएर गाउन सक्ने बताए । त्यस्तै केटि पेरिले आफु गीत सुन्दा भाबुक भएर आँसु आएको भन्दै दिवेशले प्रोफेसनल गायकले जस्तै गाएको बताइन् ।
दिवेश ‘अमेरिकन आइडल’ को उत्कृष्ट ७ मा छनोट भईसकेका छन् ।
https://www.youtube.com/watch?v=_b218ewbbfs&feature=emb_title