भारतीय नायिका तथा मोडल पुनम पाण्डे लकडाउन उल्लंघन गरेपछि पक्राउ परेकी छन्। उनलाई आइतबार कोभिड–१९ संक्रमण जोखिम न्यूनिकरणको लागि गरिएको लकडाउन उल्लंघन गरेपछि पक्राउ गरिएको हो। मुम्बई प्रहरीले उनलाई पक्राउ गरेको हो।

पुनम विएमडब्लु कारमा आफ्नो साथीहरुसँग मस्त घुमिरहेकी थिइन्। पुनमलाई सरकारी आदेश पालना नगरेको आरोप लागेको छ। प्रहरीले पुनमसँगै उनका साथी सैम अहमदलाई पनि गिरफ्तार गरेको छ।

मुम्बई प्रहरीका अनुसार पुनम र उनका साथीलाई मरिन ड्राइभ क्षेत्रमा एक पाँच तारे होटल अगाडि गिरफ्तार गरिएको हो। पुनमविरुद्ध आइपीसि १८८, २६९ र ५१ (बी) अनुसार मुद्दा दर्ता गरिएको छ। प्रहरीले उनको कार पनि जफत गरेको छ। उनलाई आजै अदालतमा पेश गरिँदै छ।

तपाईको प्रतिक्रिया