काठमाडौँ – कोरोना महामारीका बीच ‘गो कोरोनो गो’ बोलको नेपाली नयाँ र्‍याप गीत डिजिटल बजारमा सार्वजनिक भएको छ।

दिपक आरजेको शब्द तथा संगीत र हरिश सिन्हाको स्वर रहेको गीतलाई रयाड्स स्टुडियोको युट्युव च्यानलमार्फत आइतबार सार्वजनिक गरिएको हो।

कोरोना महामारीका बेला पनि समाजमा भइरहेको विसंगति, बिकृति, भ्रस्टाचार र अन्धविश्वासलाई गीतको माध्यमबाट झटारो हान्ने प्रयास गरिएको संगीतकार दिपक आरजेले बताए ।

उनले लकडाउनमा दर्शक श्रोतालाई मनोरन्जन प्रदान गर्ने हेतुले तयार पारिएको गीतको म्युजिक भिडियो अष्ट्रेलियाको सिड्नीमा छायांकन गरिएको जानकारी दिए ।

उनका अनुसार यो गीत कुनै व्यवसायिक प्रयोजनका लागि नभई धर्मको नाममा, राजनीतिको नाममा र पैशाको नाममा समाजलाई बजार बनाउनेहरुको, र जनताको स्वास्थ्य, समस्या र भोकसँग खेलवाड गर्नेहरुकाविरुद्ध तयार पारिएको हो ।

गीतमा सामाजिक सञ्जालमा भाइरल बनेका केही शब्दहरुलाई पनि समेटिएको उनले बताए ।

तपाईको प्रतिक्रिया