काठमाडौं : अभिनेत्री निता ढुंगाना चलचित्र मितिनिबाट चलचित्र क्षेत्रमा डेव्यू गरेकी हुन् ।

बालकलाकार हुँदै अभिनय यात्रा आरम्भ गरेकी निताले हालसम्म नोटबुक, छ एकान छ, माया जुनी जुनीलाई, मसान, निर्भय, साइनो जस्ता थुप्रै चलचित्रहरुमा अभिनय गरिसकेकी छन् । यतिबेला सरकारले कोरोनाभाइरसको संक्रमण फैलिन नदिन देशभर करिव दुई महिनादेखि लकडाउन गरेको छ ।

लकडाउनका कारण निता पनि घरमै बस्न बाध्य छन् । सामाजिक सञ्जालमा निकै सक्रिय निताले केही दिन अघि आफ्ना केही तस्बिरहरु फेसबुकमा शेयर गरेकी छन् । उक्त तस्बिरमा उनी कुर्तामा सजिएकी छन् ।

तपाईको प्रतिक्रिया