काठमाडौँ– आख्यान दिवसको अवसरमा साहित्य क्षेत्रमा याेगदान दिने व्यक्तित्वहरुलाई सम्मान गरिएको छ। उपलब्धि बहुउद्देश्यीय सहकारी संस्थाको ‘साहित्य विकास उपसमिति’ द्वारा प्रत्येक वर्ष वैशाख २५ गतेका दिन मनाइने ‘आख्यान दिवस’ को अवसरमा यो निर्णय गरिएको हो।

संस्थाले अनलाइन लाइभ मार्फत कार्यक्रम गरेको थियो। कार्यक्रमको मुख्य विषयवस्तु ‘आजको परिस्थितिमा साहित्यको पठन संस्कृति’ थियो। कार्यक्रममा नगेन्द्रराज शर्मा, ध्रुवचन्द्र गौतम, सनत रेग्मी, ध्रव सापकोटा, पुरूषोत्तम दाहाल, डा‍‍. ज्ञानू पाण्डे, कृष्ण धरावासी, रोशन थापा ‘नीरव’, विपीन शर्मालगायतका व्यक्तित्वको सहभागिता थियो। कार्यक्रममा ‘दीप–गोविन्द स्मृति सम्मान – २०७६’को घोषणा पनि गरियो ।

उपलब्धि बहुउद्देश्यीय सहकारी संस्था लि.को उपलब्धि साहित्य विकास उपसमितिबाट वरिष्ठ साहित्यकार डा.ध्रुवचन्द्र गौमतद्वारा स्थापित ‘दीप–गोविन्द स्मृति सम्मान कोष’का स्रष्टा सम्मान–२०७६ को घोषणा भयो। यस्तै दीप–गोविन्द स्मृति सम्मान– २०७६ बाट श्री नगेन्द्रराज शर्मा (विशिष्ट आख्यानकारिताको लागि), गोतामे स्मृति सम्मान– २०७६ –डा.श्री अञ्जना वस्ती भट्टराई (स्मृतिलोकको यात्राः संस्मरणात्मक कृतिका लागि) र गोपाले गोतामे स्मृति सम्मान– २०७६ – बिनु सुवेदी (सिर्जनशील पत्रकारिताको लागि) प्रदान गर्ने घोषणा गरिएको हो। यो पुरस्कार उपलब्धि बहुउद्देश्यीय सहकारी संस्थाको स्थापना दिवस, अर्थात साउन ७ गते प्रदान गरिने छ।

यसै वर्षदेखि एक जेहेनदार विद्यार्थीलाइ जनही रू.५००० का साथ प्रमाणपत्रसहित गोताम/गोपाल गोतामे शिक्षा पुरस्कार’ प्रदान गरिनेछ।

तपाईको प्रतिक्रिया