काठमाडौं : देशभर लकडाउनका कारण सर्वसाधारणलाई मात्र होइन चलचित्र कर्मीहरुलाई पनि असर परिरहेको छ । चलचित्र क्षेत्रमा सबैभन्दा बढि मारमा चलचित्र प्राविधिकहरु परेका छन् । केही कलाकार तथा निमार्ताहरुले सहयोगका हातहरु अघि बडाइरहेका छन् । त्यस्तै हाल अमेरिकामा रहेका नेपाली चलचित्र निर्देशकहरुले केहि रकम जम्मा गरेर प्राबिधिक संघलाई सहयोग गरेका छन् ।

नेपाल चलचित्र निर्देशक समाजको संयोजकत्वमा दैनिक मजदुरी गर्ने प्राबिधिकहरुको सहयोगको लागि उक्त रकम प्रदान गरिएको हो । सहयोग स्वरुप नारायण पुरीले १०० डलर, दिनेश कार्कीले ६० डलर, गोपाल चन्द्र लामिछानेले ५३ डलर, अक्की शर्माले ५१ डलर, किशोर सुब्बाले ५० डलर र सुमन दाहालले ५० डलर प्रदान गरेका छन् ।

कुल ४३ हजार ७ सय ५४ रुपैयाँ ९८ पैसा निर्देशक समाजका महासचिब जनक दीप पराजुलीले प्राबिधिक संघका अध्यक्ष पुस्कर लामालाई हस्तान्तरण गरेका हुन् । सहयोगको लागि निर्देशक समाजका महासचिब पराजुलीले पहल गरेका थिए ।

तपाईको प्रतिक्रिया