अनुस्का शर्माले निमार्ण गरेको डिजिटल चलचित्र पाताललोकमा नेपाली चेलीमाथी बोलेको नराम्रो शव्द यतिबेला भाइरल भइरहेको छ ।

नेपालीहरुले बिभिन्न टिका टिप्पणी गर्दै आएका छन् ।

नेपाली महिलालाई प्रयोग गरिएको यो शब्दमा निर्मात्रीको रुपमा अनुष्काले माफी माग्नुपर्ने माग पनि उठेका छन् ।

सामाजिक संजालमा नेपाली चलचित्रका कलाकारहरुले पनि यो बिषयमा आफ्नो मुख खोलेका छन् ।

नायिका केकी अधिकारीले भने केही फरक बिचार प्रस्तुत गरेकी छिन् ।

उनले, आफ्नै देशमा महिलामाथि यस्ता खालका शब्द प्रयोग भएको भन्दै उनीहरुले हामीबाट नै सिकेका हुन् भनेकी छिन् ।

केकी लेख्छिन्–‘भो छाडिदिनुहोस्, आफ्नाले भन्न छाडेका छन् र अरुले नभनुनन् । आज अरुले आफ्ना चेलिबेटिलाई देशकै नाम लिएर तुच्छ गाली गर्दा साह्रै चित्त दुख्यो ? मन पोल्यो ? रगत उम्लेर आयो ? आफ्नै भनाउँदाहरुबाट यस्ता गालीहरु म्ुख अगाडि, मुख पछाडि, सामाजिक संजालमा, युटुबमा वाल्लछ्याल्टी नसुनेको, नदेखेका हौ र ?’

अमेजन प्राइम सिरिजमा प्रसारण भइरहेको यो सिरियलको पहिलो सिजनको दोस्रो एपिसोडको ३ मिनेट ४१ औं सेकेन्डमा महिला पुलिसकर्मीले एक युवतीमाथि कुटपिट गर्दै भन्छिन्, ‘साथी हुन् कि ग्राहक हुन् ? धन्धा गर्छेस् ? नेपाली रण*’

यसमा प्रलक्ष नामका एक व्यक्तिले निकै लामो पोष्ट लेख्दै अनुष्का शर्माबाट माफी मागेका छन् ।

इन्स्टाग्राम पोस्टमा उनले लेखेका छन्, ‘एउटा सार्वभौम राष्ट्रका निकै मिहिनेती समुदायका लागि यस्तो शब्दको प्रयोग गर्न कसरी आँट गर्यौ ?

म एक भारतीय गोर्खा हुँ मैले यो यसकारण लेखेँ किनभने यसले मलाई दुःखी बनायो ।

मेरी आमा र दिदी बहिनीले यस्तै चित्रणका कारण विभिन्न समस्या भोग्नुपरेको छ र तिमीहरुले घाउमा नुन खुर्सानी दल्ने काम गरिरहेका छौ ।’

‘पाताललोकको यो दृश्यले यहाँ साम्प्रदायिक वैमनस्यता निम्त्याएको छ जुन नेपाल र मेरो पूर्वोत्तर समुदायका लागि पूर्ण रुपमा जातीवाद हो । ’

‘माफी माग र यो दृश्य हटाउ,’ उनले अन्तिममा लेखेका छन् ।

यसका साथै, रक गायिक अभया सुब्बाले पनि प्रलक्षको यो पोष्ट सेयर गर्दै यसमा उल्लेख गरिएको शब्दले पूरा समुदायको अपमान गरेको भन्दै अनुष्का शर्माबाट माफीको माग गरेकी छिन् ।

उनको र प्रलक्षको पोष्टमा थुप्रैले यस्ता शब्द कुनै पनि हालतमा सह्य नभएको भन्दै यसले भारतीयको नेपालीप्रतिको दृष्टिकोण स्पष्ट पार्ने बताएका छन् ।

यस्तै यो टेलिफिल्म मार्फत उनी ट्राेलरकाे शिकार पनि भएकी छिन् ।

तपाईको प्रतिक्रिया