काठमाडौँ जेष्ठ २० । चर्चित गायक राजेश पायल राई र किशु गुरुङको ”तिमीलाई पाए” बोलको गीत भर्खरै सार्वजनिक भएको छ । जादुमय स्वरकि धनि गायिका किशु गुरुङ बिगत लामो समय देखि इजरायललाई रहेर आफ्नो कला प्रस्तुत गरिरहेकी छिन् । उनले यस अगी पनि थुप्रै गीतहरु बजारमा ल्याएर अशंख्य श्रोता तथा दर्शकहरुको मन जित्न सफल भैसकेकी छिन् । नेपाली गीत संगीतको क्षेत्रमा ब्यवासाहिकता नहुँदा र बिदेशमा रहंदा निसासिएको मनलाई फुरुङ्ग पार्नका निमित्त पनि उनको क्रियासिलता देखिन्छ ।
प्रस्तुत “तिमीलाई पाए” बोलको गीतमा गायक राजेश पायल राई र गायिका किशु गुरुङको सुमधुर आवाजमा सजिएको र मिरा देवी राईको शब्द संगै अनुराग श्रेष्ठको संगीत रहेको छ । भिडियोलाई राजु कार्कीले सम्पादन गरेका छन् ।
बिस्व महामारीको रुपमा फैली रहेको कोरोना भाइरसको कारण अहिले मुलुक लकडाउनमा रहेको छ । उक्त कारणले अहिले यस गीतको पूर्ण म्युजिक भिडियो बनाउन नसकिएको गायिका किशुले बताएकी छिन् । उनले हाललाई लिरिकल भिडियो सार्बजनिक गर्दै निकट भबिस्यमा नै पूर्ण म्युजिक भिडियो सार्बजनिक गरिने कुरा जानकारी गराएकी छिन् ।
लिरिकल म्युजिक भिडियो हेर्न तल क्लिक गर्नु होला ।