काठमाडौं– चलचित्र विकास बोर्डका अध्यक्ष पदमा चलचित्र निर्देशक दयाराम दाहाल नियुक्त भएका छन् । यसअघि उनी बोर्डमा सदस्यको रुपमा कार्यरत थिए ।
बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले हाल बोर्डको सदस्य रहेका दाहाललाई बोर्डको रिक्त अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको मन्त्रीपरिषद स्रोतले जानकारी गराएको छ।
बोर्ड अध्यक्ष बन्नका लागि दश जनाले आवेदन दिए पनि दयारामसहित ३ जनाको नाम मन्त्री परिषदमा पुगेको थियो।
मन्त्री परिषदमा चलचित्रकर्मी भुवन केसी, सांस्कृतिक संस्थानका पूर्व महाप्रवन्धक राजेश थापा तथा दयाराम दाहालको नाम सिफारिश भएको थियो ।
मन्त्री परिषद्ले ३ जनामध्ये दयाराम दाहाललाई बोर्ड अध्यक्षका लागि योग्य ठान्दै नियुक्त गर्ने निर्णय गरेको हो ।







































































