काठमाडौँ – दैनिक ज्याला मजदुरी, श्रम गरेर जिबन गुजारा चलाउँदै आएका अत्यन्त निम्नबर्गका पिडित असाहय, राहत बिहिन तथा लकडाउनले गर्दा समस्यामा परेका नागरिकहरुलाई काठमाडौँको नयाँ बसपार्क युवा समूह द्वारा विभिन्न ठाउँमा नयाँ बसपार्क, रत्नपार्क र पशुपतिको भष्मेश्वर क्षेत्रमा दैनिक बिहान बेलुका खाना खुवाउँदै छन् । युवा ब्यबसायी तथा समाजसेवी अर्जुन भण्डारीको नेतृत्वमा संचालन भएको उक्त खाना खुवाउँने अभियानमा उक्त क्षेत्रका समाजसेवी, युवा ब्यबसायी समिर खानले सहयोग समेत गर्दै खाना खुवाउँने कार्यमा हातेमालो गर्दै आएका छन् । कोभिड-१९ को महामारीमा तथा लकडाउनको भयाभह अबस्थामा बिगत लामो समय देखि अहोरात्र सेवामा जुट्दै आएका नयाँ बसपार्क युवा समूहका अभियन्ताहरु मनिष बिक, सागर दुलाल, दिपु गुरुङ र जिबन चौधरी लगायतका समूहले यस अभियानमा सेवा प्रदान गर्दै आएका छन् ।
दैनिक हजारौंका संख्यामा भोका पेटहरुलाई भोजन गराउने कार्यमा जुटिरहेका युवा समाजसेवीहरु बिहान देखि बेलुका सम्म खाना बनाउने तथा खुवाउँने कार्यमा खटिरहेका हुन्छन । मानब र मानबियताको लागि सुरु गरेको अभियानमा कोहि पनि मानिस भोकै बस्नु नपरोस भन्ने उदेश्यले संचालनमा ल्याईएको छ ।यदि यस शुभकार्यमा तपाइँहरु पनि हातेमालो गर्दै सहयोग गर्न चाहनुहुन्छ भने दान्बिर तथा सहयोगी मनहरुलाइ सदैब स्वागत गर्ने कुरा युवा समाजसेवी तथा अभियन्ता मनिष बिक जानकारी गराउँछन ।
सहयोग तथा जानकारीको लागि : अर्जुन भण्डारी-९८४१६८३७३७, मनिष बिक-९८१८०८८८९१ र समिर खान- ९८०११३६५०१