टोकियो ,जापान । महिलाहरुको महान पर्व हरितालिका तीजको अवसर पारेर गायिका शिवा के सी तथा गायक खेम राज पौडेलको आवाजमा रहेको तीज गीत ”ढुंगे छपनी”सार्वजनिक भएको छ। बिगत केहि वर्ष देखि जापानमा बस्दै आएका गायक तथा गायिकाले प्रबास बाटै भएपनी संघर्षका साथ सांगीतिक यात्रालाई निरन्तरता दिँदै आएका छन । बजारमा आएको “ढुंगे छपनि “बोल को गीतमा उदयमान सर्जक अर्जुन सुबेदीको शब्द संयोजन रहेको तथा सुमधुर स्वरका धनि प्रदेशी गायक सुर्य खड्काको लय रहेको छ । दुर्गा पौडेल को छायाँकन ,चर्चित निर्देशक शंकर बिसीको निर्देशनमा रबिना भण्डारी र स्वयम शंकर बिसी को अभिनय देख्न सकिन्छ। गीतका हरेक शब्द मा हाम्रो ठेट नेपालि शब्द लाइ जस्ताको त्यस्तै प्रयोग गरिएकोले सहजै बुझ्न सकिन्छ । जापानको पेन्टा स्टुडियो मा रेकर्ड गरिएको उक्त गीतमा खड्ग बाजुराली को संगीत संयोजन रहेको छ। लोकप्रिय सर्जक केशव पौडेलको युटुब् च्यानल बाट बजार मा आएको उक्त गीत ले कति दर्सक स्रोताको मन जित्ने हो त्यो हेर्न भने केहि समय कुर्न पर्ने छ। गीतले पूर्ण सफलता पाउँन सकोस् हाम्रो तर्फबाट शुभकामना सहित यो भिडियो तपाईंहरुका लागी ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
संगीतज्ञ रन्जित गजमेरलाई अमेरिकामा सम्मान
वरिष्ठ संगीतज्ञ रन्जित गजमेरलाई अमेरिकामा सम्मान गरिने भएको छ। बलिउडका ‘मादल उस्ताद’ समेत रहेका जनजनको मन मुटुमा बस्न सफ...
‘फर्की फर्की’ नेपालसहित विश्वभर एकसाथ प्रदर्शन हुँदै
जेठ १० गतेबाट रिलिजमा आउने फिल्म ‘फर्की फर्की’ नेपालसहित विश्वभर एकसाथ प्रदर्शन हुने भएको छ। निर्माता कम्पनी रोहित अधिका...
‘पूजार सार्की’को ‘जाऊँ माया’गीत सार्बजनिक
काठमाडौँ । यही जेठ १० गते (बुद्ध जयन्ती) देखि प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘पूजार सार्की’ को तेस्रो गीत ‘जाऊँ माय...
अपाङ्गता भएका व्यक्तिहरूको प्रदर्शनमा प्रहरी दमनबारे कांग्रेसको आपत्ति
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले काठमाडौको रत्नपार्कमा अपाङ्गता भएका व्यक्तिहरुको धर्ना, अनसन तथा सडक आ...
सन्दीपलाई उच्च अदालत पाटनको सफाई, जिल्ला अदालतको फैसला उल्टियो
काठमाडौं । सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले बलात्कार मुद्दामा सफाइ दिएको छ । जिल्ला अदालत काठमाडौंले गरेको फैसला उल्...
प्रनिमा दाहालको अभिनयमा हिन्दी गीत ‘तस्बिर’ सार्वजनिक (भिडियो )
काठमाडौं । केहि बर्षदेखि नेपालको प्राकृतिक सौन्दर्यतालाइ आफ्नो फिल्म तथा म्युजिक भिडियोमा समेट्न धेरै बिदेशी कम्पनीहरुको...