काठमाडौं। दीपेन्द्र के खनालको निर्देशनमा बन्न लागेको चलचित्र ‘चिसो मान्छे’ को प्रदर्शन मिति तय भएको छ।
चलचित्रको प्रदर्शन मिति ११ भदौ २०७८ लाई तय भएको चलचित्रकी निर्मात्री शर्मिला पाण्डेले जानकारी बताइन्।
“अहिलेको विषम परिस्थितिले सिर्जित अन्योल चाडै नै अन्त्य हुनेछ भन्ने आशा र नेपाली चलचित्र क्षेत्रलाई पुनः चलायमान बनाउनुपर्छ भन्ने सोचका साथ निर्माण ‘चिसो मान्छे’ चलचित्रको निर्माण कार्य अगाडि बढिरहेको छ। यो अवस्था हेरेरै रिलिज डेट तय गरेका छौं।” शर्मिलाले भनिन्।
चलचित्रको कथा लेखन दीपेन्द्रले नै गरिरहेका छन्।
डि .एस डिजिटलको ब्यानरमा बन्ने चलचित्रका लागि कलाकार छनोट हुन भने बाँकी छ।







































































