नेपाली गीत संगीतको क्षेत्रमा आफ्नो बेग्लै पहिचान बनाउन सफल ‘उपकर्म ब्यान्ड’को नयाँ गीत रिलिज भएको छ।
रिलिज भएको “सपनाको भारी” बोलको गीतमा विवेक मगरको शब्द अनि आवाज रहेको छ। गीतमा उपकर्म ब्यान्डकै संयुक्त संगीत रहेको छ। गीतमा जीवन भोगाइका कुराहरु उठान गरिएको छ।
गीतलाई सम्राट थापाले रेकर्डिङ गरेका हुन् भने इमान बिग्रम शाहले मिक्सिङ एवम् मास्टररिङ गरेका हुन् । गीतको लिरिकल भिडियो उपकर्मको अफिसियल युटुब च्यानलबाट रिलिह गरिएको हो। हेर्नुस् भिडियो..







































































