एक महिना अगाडिबाट सबैले देखिने गरि पुल्चोकमा इन्द्रजात्राकाे लगि रथ बनाइएको थियोे। सबैलाई थाहा थियो कि आउने दिनमा जात्रा हुन्छ भनेर । त्यो समयमा कोहि बोलेनन्, पुलिस, प्रसासन, मन्त्री, सैनिक सबै त्यहि बाटो हिडेर अनि ढोगेर जान्थे । तर सबकाे मुखमा बुजो थियो। तर हिजो आचानक यो सब रमिता नाटक किन ? जब थाहा थियोे कि जात्रा हुन्छ, अहिले मान्छे पिट्नुभन्दा एउटा असर नपर्ने तरिका मिलाउने काम गर्नपर्थ्यो । बरु केहि नियम दिएको भए हुने । बरु थोरै मानछे तोकिए हुन्थ्यो । ल ठिक छ मान्छे बहिर आए गल्ती भयो, तर नेवार समुदायका लगि इन्द्रजात्राको ठुलो महत्त्व छ। योमरी पुजा, भोज, भतेर आदि कार्यक्रम भएको भए उनीहरु सायद गर्दैनथे होला । तर यो चाडको महत्त्व धेरै भन्नु पर्दैन । रिङ्गरोडनै बन्द हुन्छ रथको लागि। परम्पराको हिसाबले सबैलाइ थाहा छ कि नेवारले रथ तान्नुपर्छ । अनि सब थाहा हुँदा रोक्ने आदेश दिने कि कसरी गर्नेतिर लाग्ने ?

हाम्रो देश नेपालको अस्तित्व खतरामा छ। प्रकितिक सुन्दरतालाई बेच्दा बेच्दै सकिन लगि सक्यो। गौतम बुद्ध को पहिचान भारत पुग्न लगिसक्याे । हिमालमा रहेको सगरमाथा चिनातिर खस्न लगिसक्यो। लाशमाथी टेकेर रास्ट्रपतिको ठाँउ मा बसेर रगत चुस्दै एउटालाई फुर्सद छैन । अर्कोले उखान तुक्का हान्दैमा देशको करोडौ करोडौ सक्काई सके । अरु त रुखका पतेरा भैहाले । नेपाल घुम्न कोहि आए भनेकि समान हराउछ कि कतै न कतै बाट निराश भएर जान्छन् । अहिले “Visit Nepal 2020” भएकाे भए यहि जात्रामा सबैभन्दा धेरै चर्चा हुन्थ्यो। यस्तो बेलामा नेपालको यस्तौ जात्रालेनै नेपाललाई बिश्वमा चिनाएकाे छ । यहि सब कुरा जान्नन, सिक्न अनि बुझ्न् बिदेशबाट पर्यटन आउँछन् । र यस्तो कुरा रोकेमा देशको आर्थिक भन्दानी मौलिकतामा धक्का लाग्छ् । यो सब बुझ्न् जरुरी छ ।

मानिसले आफ्नो धर्म अनि पुलिसले आफ्नो कर्तब्य मात्र पुरा गरेका हुन् र यसमा दुईटैको गल्ती छैन । गल्ती छ त मात्र अब्यबस्थित नियम अनि अब्यबस्थित सरकार को ।

तपाईको प्रतिक्रिया