कोरोना महामारीका समयमा पनि केही कलाकारहरु भने समाजसेवा गरिरहेका छन् । फिल्डमै गएर खटिरहेका छ । धेरै फिल्मकर्मिले असहायलाई सहयोग गरेका छन् । कसैले आफ्नै पैसाले सहयोग गरिरहेका छन् भने कोहि माध्यम बनिदिएर सहयोग गरिरहेका छन् ।

यस्तै अभिनेत्री बेनिशा हमाल र उनको समुहले पनि यतिबेला खाना वितरण अभियान चलाएर सडकका भोकाहरुलाई खाना खुवाइरहेका छन् । “आफू बाचौँ, अरुलाई पनि बचाऔँ” भन्ने अभियानलाई जय महाकाल युवा समुहले सञ्चालन गरिरहेको छ ।

नेसनल अवार्ड समेत जितिसकेकी बेनिशा भन्छिन् -‘हरेक मानिसको यस पृथ्वीमा बाच्ने बराबर अधिकार छ । त्यो सडकमा अलपत्र परेका मानिसहरु, मानसिक सन्तुलन गुमाएकाहरु घर र घाटको भएका छन् ।’

‘उनिहरु रोगले भन्दा भोकले नमरून् भनेर उनीहरूलाई लक्षित गरि हामी जय महाकाल युवा समुह ले खाना वितरण गरेका छौँ । तपाईं हाम्रो सहयोग ले उनीहरुको पेट भरिन्छ’ बेनिशाले भनिन् ।

“भोकालाई भोजन प्यासीलाई पानी” खाना वितरण अभियानमा सहभागी हुन चाहानेले ९८४१६८३७३७ , ९८१८०८८८९१ मा सम्पर्क गर्न बेनिशाले आग्रह गरेकी छिन् ।

तपाईको प्रतिक्रिया