कानेपोखरी ।
कानेपोखरीका युवा नेता देवेन्द्र लुईटेलका छोरा रचित लुईटेलको जन्मदिनको उपलक्षमा कानेपोखरि गाउपालीका वडा नं ३ का माझी टोलका बिपन्न माझी, यादव तथा बिस्वकर्मा समुदायका ८ जना बाल बालीकालाई बिझालयजान प्रोत्साहान मिलोस भन्ने अभिप्रायले सहयोग हस्तान्तरण गरिएको छ ।
गरिव एवम विपन्न परिवारको अविभावकलाई थोरै भएपनि आर्थिक भार कमहोस भन्ने उदेश्यले आज आफ्नो जन्मदिन पारेर स्कुल ब्याग, कापी, बर्णमाला, पेनसिल, ईरेजर आदि शौक्षिक सामाग्री उपलब्ध गराइएको छ ।
शिक्षा वाट बञ्चित बालबालिकालाई विध्यालय नखुले सम्म यी साना बाबु नानि लाई अक्षराम्भका क्लास आफ्नै घरमा नि शुल्क पढाई दिने घोषणा समेत सो अवसरमा गरिएको थियो । साथै उहाले आफ्ना जन्मदिनमा गरिने सम्पुर्ण खर्च यी बाल बालिकाको पढाईकालागी गर्ने पनि बताएका छन ।