काठमाडौं । एक दशक भन्दा लामो समयदेखि अमेरिकाको टेक्सास राज्यमा बस्दै आएकी गायिका नम्रता खरेलले यतिबेला आफ्नो नयाँ गीत नहुनु कहिल्यै टाढा…दर्शकमाझ ल्याएकी छिन् । उनले आफ्नै अफिसियल युट्युव च्यानलबाट यो गीत रिलिज गरेकी हुन् ।

उनले यस अघि गायक प्रताप दाससँग गाएको आधुनिक गीत बहार…ले निकै चर्चा पाएको थियो । पहिलो गीतको सफलतापछि गायिका नम्रताले यतिबेला दोश्रो गीत आफ्नो एकल स्वरमा बजारमा ल्याएकी हुन् ।

यो गीतमा सागर सदर अधिकारीको शब्द संगीत रहेको छ । गीतलाई विनोद कुमार भुजेलले संगीत संयोजन गरेका हुन् । जसमा कुमार केसीको मिक्सिङ तथा मास्टरिङ रहेको छ ।यो गीतको भिडियोमा अभिनेताद्धय श्रीदेव भट्टराई, प्रवण भुसाल र साक्षी लम्सालको अभिनय रहेको छ । गीतमा मध्यम परिवारको प्रेमीलाई छाडेर धनी युवकको पछि लाग्दा युवतीले भोग्नु परेको पीडासँगै पुन आफ्नै प्रेमीको जीवनमा फर्किएको कथा प्रस्तुत गरिएको छ ।

यो गीतको भिडियोलाई डब्बु क्षत्रीले निर्देशन गरेका हुन् । जसमा रेशम दर्लामीको छायाँकन, मनोज सुवेदीको ड्रोन, बीरेन्द्र भाट ‘बिपिन’को सम्पादन रहेको छ ।

आफ्नो नयाँ गीत’bout नम्रताले राजधानीसँग भनिन्,‘अमेरिकामा बस्दा सबैभन्दा बढी आफ्नो देशको याद आउँदो रहेका छ । त्यहाँ बसेर पनि नेपाली गीतसंगीतलाई मायाँ गर्न सकिन्छ भनेर गायनलाई अघि बढाएको हुँ ।’

तपाईको प्रतिक्रिया