विराटनगर । नारी दिवसको अवसर पारेर आयोजना गरिएको ‘ गल्स अन ह्विल’ प्रतियोगिताको प्रतीक्षा अधिकारी र सावित्री ढकाल विजेता घोषित भएकी छिन् । विराटनगर प्राइम राउन्ट टेबल–१० को आयोजनामा विराटनगरको सिटी प्यालेशमा शनिबार राती सम्पन्न भएको गल्स अन ह्विलको फस्ट रनअप नम्रता शर्मा र सुजता शर्मा तथा सेकेण्ड रनरअप रिंकी धनावत र स्वेता तोदी घोषित भएकी छिन् । प्रतियोगिताको विजेता हुनेले नगद ६० हजारलगायतका विभिन्न गिफट ह्याम्पर प्राप्त गरेका थिए भने प्रतियोगिताको फस्ट रनअप र सेकेण्ड रनअपले क्रमश ४० हजार र २५ हजार नगदसहित गिफ्ट ह्याम्पर पाएक थिए । प्रतियोगितामा एक स्कुटरमा दुई जनाको दरमा ६० वटा स्कुटरको सहभागि रहेको विराटनगर प्राइम राउन्ट टेबलका अध्यक्ष भास्कर सोनीले जानकारी दिए । प्रतियोगितामा सहभागिले १ हजार ५ सय रुपैयाँ दर्ता शुल्क तिरेका थिए । ‘प्रतियोगितामा भाग लिने प्रतियोगिहरुको लागि विराटनगरको १० वटा स्थान तोकिएको थियो । उक्त स्थानमा प्रतियोगिहरु पुगेपछि त्यहाँ संकेतका आधारमा आवश्यक टास्क दिएको थियो । हरेक केन्द्रका लागि अलग अलग संकेत र टास्कहरु रहेको थियो । यसरी पूरा गरिएका टास्कका आधारमा सहभागि प्रतियोगिहरुले नम्बर प्राप्त गरेका थिए । सोही नम्बरकै आधारमा प्रतियोगिहरुबाट बिजेता घोषित गरिएको थियो । विजेता हुने प्रतियोगिहरुलाई नोवेल क्यान्सर अस्पतालकी डा. बन्दना पौडेल, संस्थाका अध्यक्ष भास्कर सोनी पुरस्कार वितरण गरेका थिए । प्रतियोगितामा मनोञ्जनत्मक कार्यक्रहरु रहेको थियो । कार्यक्रममा स्त्री ब्याण्डले सास्कृतीक कार्यक्रम र न्यूक्लिियर डान्स ग्रुपले मनोर१जन प्रदान गरेको थियो ।
तपाईको प्रतिक्रिया
सम्बन्धित समाचार
‘आचार्य’को प्रदर्शन मिति तय ! साउनमै दर्शकमाझ आउने संकेत, केही दिनमै औपचारिक घोषणा
दर्शकले लामो समयदेखि प्रतिक्षा गरिरहेको फिल्म ‘आचार्य’को प्रदर्शन मितिबारे चासो झन् बढ्दै गएको छ । अभिनेता निखिल उप्रेती...
श्रीजन पण्डित, सबिन नेपाली र राधिका राउतको अभिनयमा वियोगान्त लोकदोहोरी गीत “पहिलो घरबार” सार्वजनिक
काठमाण्डौ । कुनै एक युवा र युवती बीच दिनप्रतिदिन मायाँ झाँगिदै जान्छ र त्यो मायाँ वैवाहिक जीवनमा परिणत हुन्छ, उनीहरुले स...
कोशी प्रदेशस्तरीय बीमा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न
विराटनगर । नेपाल बीमा प्राधिकरण कोशी प्रदेश कार्यालयको आयोजनामा कोशी प्रदेशस्तरीय बीमा सम्बन्धी अन्तरविद्यालय हाजिरीजवाफ...
विश्वकपको माहोलमा सुपर सुरेशको ‘गोल गोल’ सार्वजनिक, १६ महिनाको संघर्षपछि दर्शकमाझ
विश्वभर फुटबलप्रेमीहरू विश्वकपको उत्साहमा रमाइरहेका बेला गायक सुपर सुरेश (सुरेश कार्की) ले आफ्नो नयाँ म्युजिक भिडियो ‘गो...
काव्य म्युजिक अवार्ड २०८३ निकै भव्यताका साथमा सम्पन्न
काठमाण्डौ । नेपाली कला र संस्कृतिको क्षेत्र उत्थानका निमित्त स्थापना भएको काव्य म्युजिक सेन्टर र दक्षिण काली अफसेटप्रेशक...
“तेस्रो एकल लोक गायन प्रतियोगिता – २०८३” भब्य रुपमा सम्पन्न
काठमाडौं । नेपाली लोक कला, संस्कृतीको जर्गेना, संरक्षण, सम्बद्र्धन तथा प्रबद्र्धन गर्ने उदेश्यले राष्ट्रिय लोक तथा दोहोर...










