मोरङ, १३ वैशाख ः सञ्चारकर्मीहरुले परम्परागत शैलीमा लेख्ने समाचारलाई परिस्कृत गरि विषयक केन्द्रीत खोजमुलुक समाचारतर्फ कलम चलाउन सरोकारवालाहरुले सुझाव दिएका छन् ।
नेपाल पत्रकार महासंघ कोशी प्रदेश एवं प्रदेश सामाजिक विकास मन्त्रालयद्वारा आज यहाँ आयोजित पाँच दिने लैङ्गिक निवारण सम्बन्धमा महिला पत्रकारहरुलाई खोज पत्रकारिता तालीम उद्घाटनका अवसरमा सहभागीहरुले खोजमुलुक समाचारबाट सञ्चारकर्मीहरु आफ्नो खुट्टामा आफ्ै उभिन सक्षम हुनुका साथै नाम र दाम दुवै उपलव्ध हुने भएकोले यस तर्फ विशेष जोड दिनु पर्ने आवश्यक्ता औंल्याएका छन् ।
सहभागीहरुले कोशी प्रदेशमा विगत तीन वर्षको अवधिमा लैङ्गिक हिंसा वृद्धि भएकोले समाजलाई सन्तुलन राख्न महिला तथा पुरुषप्रति हुने हिंसा रोकथाम एवं न्यूनिकरण गर्न सञ्चारकर्मीहरुले आफुले सिकेको ज्ञान समाचारमा प्रयोग गर्नुपर्ने सुझाव दिएका छन् ।
महासंघकी केन्द्रीय अध्यक्ष निर्मला शर्माले तालीमको उद्घाटन गर्दै नेपालको पत्रकारितालाई अहिले जटिल अवस्थामा रहेकोले यसलाई जोगउन व्यवसायिकता र जिम्मवार बनाउनु पर्ने सुझाव दिनु भयो ।
उहाँले अहिले जुनसुकै आन्दोलनमा सञ्चारगृहमाथि आक्रमण हुनु दुःखको लाग्दो भएको चर्चा गर्दै वढ्दो सामाजिक सञ्जालको कारण सञ्चारकर्मीहरुले सत्य र तथ्यका आधारमा समाचार जनतासमक्ष पस्कन आग्रह गर्नुभयो ।
महासंघका कोशी अध्यक्ष भरत खड्का, उपाध्यक्ष अम्विका भण्डारी,महासचिव हेमा चेम्जोङ्ग,केन्द्रीय सदस्य कमल रिमाल, मोरङ अध्यक्ष सुशिला पाठक, प्रेस युनियनका प्रदेश अध्यक्ष मीनकुमार नवोदिन, बन्धु पोखरेल , विनु चेम्जोङ्ग लिम्वु लगायतले सञ्चारकर्मीहरुलाई व्यवसायिक पत्रकारिता गर्न र श्रम उचित पारिश्रमिक उपलव्ध गराउन महासंघ क्रियाशिल रहेको धारणा राखेका छन् । तालीममा प्रदेशका ३० महिला सञ्चारकर्मीहरुको सहभागिता रहेको छ ।
लैङ्गिक निवारण सम्बन्धमा महिला पत्रकारहरुलाई खोज पत्रकारिता तालीम उद्घाटन







































































