विराटनगर। कोशी प्रदेश गल्फ संघको आयोजना तथा कोशी प्रदेश खेलकुद विकास बोर्डको प्रयोजनमा सम्पन्न दोस्रो कोशी प्रदेश खुला गल्फ प्रतियोगिताको नेट विजेता विराटनगरका नितेश गुप्ता हुनुभएको छ। आज धरान स्थित धरान गल्फ क्लबको गल्फ कोर्समा सम्पन्न प्रतियोगिताको नेट विधा तर्फ ९ अन्डर अंक सहित गुप्ता विजेता हुनुभएको हो।

नेट तर्फको दोस्रो स्थान रमेश चौधरीले हासिल गर्न सफल हुनुभएको थियो भने तेस्रो स्थानमा राजीव घिमिरे रहनुभएको थियो।

प्रतियोगिताको ग्रस तर्फ ३ अन्डर अंक सहित सुमन परियार विजयी हुनुभएको थियो भने उपविजेतामा गजेन्द्र लिम्बूले चित्त बुझाउनु परेको थियो।

त्यस्तै , जुनियर तर्फको खेलमा दिपेश श्रेष्ठ विजेता र लक्की साह उपविजेता हुनुभएको थियो। प्रतियोगिताको सिनियर तर्फको खेलमा तुलसी लिम्बू जित्दा विजय राई दोस्रो स्थानमा रहनुभएको थियो।

महिला तर्फको खेलमा पोखराकी दानवी गुरुङ विजेता र सुमित्रा लिम्बू उपविजेता हुनुभएको थियो।

प्रतियोगितामा विश्व गुरुङले नियरेस्ट टु द पिन ,सरोज थापाले मष्ट बर्डिज र धिरज लिम्बूले लङ्गेष्ट ड्राइभ जित्न सफल हुनुभएको कोशी प्रदेश गल्फ संघका अध्यक्ष सुयेश प्याकुरेलले जानकारी दिनुभयो।

प्रतियोगिताको विजयीलाई कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की , संघका अध्यक्ष प्याकुरेल लगायतले ट्रफी हस्तान्तरण गर्नुभएको थियो।

तपाईको प्रतिक्रिया