काठमाण्डौ – यूईएफए च्याम्पियन्स लिग फुटबलमा सेमिफाइनलको पहिलो लेगमा पेरिस सेन्ट जर्मेइन (पीएसजी) ले आर्सनललाई हराएको छ । इमिरेट्स स्टेडियममा गएराति भएको खेलमा पीएसजी एक गोलले विजयी भयो ।
पाहुना टोलीका उस्मान डेम्बलेले खेलको चौथो मिनेटमा गरेको गोल नै निर्णायक भयो । अब मे ८ तारिखमा यी दुई टोलीबीच दोस्रो लेगको खेल हुनेछ । समग्र गोलअन्तरमा विजयी टोली फाइनलमा पुग्नेछ ।
आर्सनलले सन् २००६ मा बार्सिलोनासँग फाइनलमा र २००९ मा म्यानचेस्टर युनाइटेडसँग सेमिफाइनलमा हार बेहोरेको थियो । त्यसयता आर्सनल सेमिफाइनल पुगेका यो पहिलो पटक हो ।
सेमिफाइनल पहिलो लेगमा आजराति बार्सिलोना र इन्टर तथा दोस्रो लेगमा यी दुई टोलीले मे ८ तारिखमा खेल्नेछन् । विजयी टोली फाइनलमा पुग्नेछ ।