काठमाडौँ – नेपाली संगीत क्षेत्रलाई नयाँ स्वाद र सिर्जनशीलतासहित एक नयाँ दोहोरी गीत “वनको तरुल “ सार्वजनिक भएको छ। लोकप्रिय गायक, संगीतकार विक्रमबाबु विश्वकर्मा को नेतृत्वमा तयार भएको यस गीतले लोक भावनामा आधुनिकता मिसाउँदै दर्शक–श्रोतामाझ नयाँ ऊर्जा दिन खोजेको छ।
गीतमा विक्रमबाबु विश्वकर्मा, शान्तिश्री परियार र विवेक खत्री को सुमधुर स्वर सुन्न सकिन्छ भने संगीत पनि स्वयम् विक्रमबाबुले नै तयार गरेका हुन्। गीतको संगीत संयोजन विश्वास नेपाल ले गरेका छन् भने मिश्रण र निपुणताको जिम्मेवारी HBN किस्मत ले सम्हालेका छन्। राज खड्का को रेकर्डिङमा तयार भएको गीत !DB स्टुडियोमा निर्माण भएको हो।
गीतको अडियो तथा भिडियो निर्माण कार्य विक्रमबाबु विश्वकर्मा अधिकारीको समन्वयमा सम्पन्न भएको छ।
भिडियो पक्षमा पनि सशक्त टिमको योगदान रहेको छ। भिडियो निर्देशन तथा कोरियोग्राफी कमल भक्त ले गरेका छन् भने सहायक निर्देशकको भूमिका प्रितम थेङ तामाङ ले निर्वाह गरेका छन्।
भिडियोमा कलाकार सागर एलजी, गोविन्द बिबास, र कृपा पौडेल को अभिनय देख्न पाइन्छ। छायांकन सुनिल भण्डारी एण्ड टिम ले गरेका हुन् भने सम्पादन तथा रंग संयोजन नविन घर्ती मगर ले सम्हालेका छन्।
“वनको तरुल “ ले नेपाली लोक संगीतको मौलिकतालाई कायम राख्दै नयाँ पुस्ताको रुचि अनुसार आधुनिक प्रस्तुति दिन खोजेको देखिन्छ। सामाजिक सञ्जाल तथा युट्युबमार्फत सार्वजनिक भएको गीतले छोटो समयमा नै राम्रो प्रतिक्रिया पाइरहेको छ।
गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।