विराटनगर, वैशाख २३ गते ।
ओखलढुंगाको खिजिदेम्वामा करेन्ट लागेर १ जना र तेह्रथुमको आठराईमा चट्याङले लागेर १ जनाको मृत्यु भएको छ । वैशाख २२ गते ओखलढुंगाको खिजिदेम्वा-८ स्थतिमा बिद्युत लाईन विस्तारको क्रममा ट्रान्सफर्मरमा चार्ज गर्ने क्रममा सिग्माकोण प्रा.लि. काठमाण्डौका कर्मचारी कैलालीका ३० बर्षीय बिन्दु चौधरीलाई करेन्ट लाग्दा उनको घटना स्थलमा नै मृत्यु भएको थियो । घटना सम्वन्धमा इलाका प्रहरी कार्यालय वरुणेश्वरबाट प्रहरी टोली खटिगई थप अनुसन्धान तथा आवश्यक कानूनी कारवाही भईरहेको छ ।
सोही दिन अपरान्ह तेह्रथुमको आठराई गाउँपालिका-३ स्थितमा लिम्बु जातिको मन्दिर बनाउने क्रममा हावा हुरी र पानी संगै परेको चट्याङले लागी घाईते भएका स्थानिय ४५ बर्षीय सागर थिङ्लापुको उपचारको क्रममा जिल्ला अस्पाताल पाँचथरमा मृत्यु भएको हो ।