काठमाण्डौ । लोकप्रिय गायक तथा सर्जक बद्रि प्रसाद सिटौलाले आफ्नो पछिल्लो प्रस्तुतिको रुपमा लोक दोहोरी गीत “नौतुनाको रेल” बोलको गीतलाई भर्खरै सार्वजनिक गरेका छन् । उनले यस भन्दा पहिले पानि दर्जनौं गीतहरु बजारमा ल्याएर अशंख्य श्रोता तथा दर्शकहरुको मन जितिसकेका छन् ।
बिशेष गरेर प्रत्यक्ष दोहोरी तर्फ छुट्टै पहिचान बनाएका बद्रीको यस गीतलाई लय उनि स्वयम् ले भरेका हुन् भने शब्द सरला तिमल्सिनाको रहेको छ । गीतमा देबी घर्ति मगर र बद्रि प्रसाद सिटौलाको सुमधुर स्वर सुन्न सकिन्छ ।
बद्रि लोकमाला युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको यस गीतको म्युजिक भिडियोमा बद्रि प्रसाद सिटौला, मुस्कान घिमरे, अर्जुन थापा, गंगा पराजुली, यम प्रसाद पराजुली, मुना पराजुली, इश्वोर तिमल्सिना, कुशल पराजुली, श्रव्नी पराजुली, र रोजन पराजुलीको लोक लाग्दो अभिनय देख्न सकिन्छ ।
गीतको भिडियोलाई गायक तथा सर्जक स्वयम् बद्रिले नै निर्देशन गरेका हुन् भने छायांकन तथा सम्पादन साजन पराजुलीले गरेका छन् ।
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला ।