काठमाण्डौ । आवाज मोसन पिक्चर्सले अजम्बरी प्रेमभावमा “बरदान हो माया” भर्खरै सार्वजनिक गरेको छ । मायाको परिभाषालाई प्रष्ट्याउदै आधुनिक स्वादमा तयार भएको यस गीतमा कर्णप्रिय स्वरका धनि सुमन के सी र दिपा लामाको सुमधुर स्वर सुन्न सकिन्छ ।
गीतमा शब्द र संगीतको पक्ष पनि निकै बलियो रहेको छ । किश्वोर पोख्रेलद्वारा रचनाबद्ध यस गीतलाई संगीत भने रमेश अन्जान कडरियाले भरेका हुन् । जसलाई नेपाली गीत संगीतको असली स्वाद बुझ्न सक्ने क्षमता छ उसले यस गीतलाई आहा !! भन्दै एक पटक सामाजिक संजालमा शेयर गर्ने चाहना हुने निर्माण पक्ष बताउँछ ।
“बरदान हो माया” यस गीतको म्युजिक भिडियोमा स्मारिका ढकाल र गोभिन बलामीको जीवन्त अभिनय देख्न सकिन्छ । शान थापाद्वारा निर्देशित भिडियोलाई बुद्ध थापाले छायांकन गरेका हुन् भने सम्पादन बिबेक सुनारले गरेका छन् ।
भिडियो हेर्न यहाँ क्लिक गर्नु होला अजम्बरी ।