विराटनगर १३ असार ः विश्वप्रशिद्ध दक्षिण कोरियाली अटोमोवाइल कम्पनी ‘किया’ ब्राण्डका सवारीसाधनको विक्री वितरण आजदेखि विराटनगरबाट शुरु भएको छ।
विराटनगर पिपल चोकमा किया नेपालको अधिकृत विक्रता कन्टिनेन्टल ट्रेड्रिङ इन्टरप्राइजले विक्री वितरणको शोरुम सञ्चालनमा ल्याएको छ।
अत्याधुनिक सुविधा सहितको नयाँ ‘ किया सीआई २.० मापदण्ड अनुसार अनुसारको मोटर विक्री वितरणमा ल्याएको हो ।
कम्पनीले उक्त शोरुममा असार १४ गतेदखि १६ गतेसम्म आकर्षक सुविधा सहित अन्य पुराना गाडीमा नयाँ किया साटासाटको सुविधा को क्याम्प सञ्चालनमा ल्याएकोे छ।
गाडि साटासाटमा पुराना गाडीको आकर्षक मूल्य प्रदान गरिने कियाका बजार व्यवस्थापक निरात न्यौपानेले बताउनु भयो ।
गाडि साटासाटका लागि अगाडि नाम दर्ता गर्न पनि सबैसँग इन्टरप्राइजेजले आग्रह गरेका छ ।
यस्तै क्याम्पमा कियाका नयाँ गाडीहरु नयाँफेलिटेट सेल्टोस, सोनेट र कारेन्स २०२५ मोडलका गाडिहरु टेष्ट ड्राइभको सुविधा समेत रहेको छ ।
ग्राहकहरुलाई किया गाडि खरीद गर्न सहज तरिकाले वैक, वित्तिय संस्थावाट फाइनान्सको सुविधा मिलाइएको छ भने रोड ट्रयाक्स र एक वर्षको सम्पूर्ण विमा कम्पनीले वेर्होने व्यवस्था रहेको छ ।
शोरुममा कियो ब्राण्डका नेपालमा उपलव्ध हुने सवै प्रकारका इन्धन र विद्युतीय सवारी साधन उपलव्ध हने शोरुमका प्रवन्धक कुशल लामिछानेले जानकारी दिनुभयो ।
कोशी प्रदेशमा किया मोटरको विक्री वितरण वृद्धि गर्ने उद्देश्यले शोरुम सञ्चालनमा ल्याइएको किया अटो डिभिजनका सहायक जेनरल प्रवन्धक मन्जितकुमार पोखरेलले बताउनु भयो ।
उहाँले विश्वमा ख्याति कमाएको किया ब्राण्डका सवारी साधनहरु विगत ३० वर्षदेखि नेपालका सडकमा सञ्चालन रहेको र लोकप्रिय रहेका छन् ।
किया ब्राण्डले विश्वमा इन्धन तथा विद्युतीय दुवै सवारी साधनहरुले लोकप्रियता हासिल गरेको प्रवन्धक पोखरेलको दावी रहेको छ।–––

तपाईको प्रतिक्रिया