काठमाण्डौ । शंख्यात्मक भन्दा स्तरीयतालाई ध्यानमा राख्ने गायक तथा सर्जक रोशन के.सीले भर्खरै मात्र “घुमाई घुमाई” बोलको गीत सार्वजनिक गरेका छन् । नायक दिलिप रायमाझी र आयुष्मा कार्कीद्वारा अभिनित उक्त गीतलाई रोशन क.सी नामको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

प्रस्तुतकर्ता स्वयम् के.सी कै लय तथा शब्द सिर्जनाले सजिएको गीतमा रोशन के.सी र वरिष्ट गायिका गीता देवीको सुमधुर स्वर सुन्न सकिन्छ । गायिका गीता दशकौं देखि नेपाली गीत संगीतको क्षेत्रमा क्रियासिल छिन् । उनको स्वरद्वारा सजिएको सयौं गीत अहिले पनि सांगीतिक बजारमा छन् ।

बिष्णु तामाङ्गको संगीत संयोजन रहेको “घुमाई घुमाई” बोलको गीतलाई निकै खर्चालु ढंगले तयार गरिएको छ । यस गीतको म्युजिक भिडियोलाई निर्देशन शंकर बि.सी ले गरेका हुन् भने छायांकन दुर्गा पौडेलले गरेका हुन् भने सम्पादन नबिन घर्ति मगरले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया