निर्देशक ईश्वर दुलालको निर्देशनमा तयार गरिएको ‘ए मेरी मायाँ’ म्युजिक भिडियो सार्वजनिक भएको छ । यस भिडियोले एकोहो प्रेममा परेको युवकको मनको गहिरो भावनालाई मार्मिक रूपमा चित्रण गरेको छ, जहाँ उसले कहिल्यै व्यक्त गर्न नसकेका प्रेमका शब्दहरू गीतमार्फत पोखेको देखिन्छ । गीतका शब्द र स्वर प्रभात किरण खरेलका हुन् भने सविन कार्कीले एरेञ्ज, मिक्स र मास्टरिङका साथै संगीतलाई आकर्षक बनाएका छन् । भिडियोको छायांकन विशाल थापा र सम्पादन दिलशन शाहले गरेका हुन् ।

मोरङस्थित रमणीय रमिते क्षेत्रमा छायांकन गरिएको भिडियोमा प्रकृतिको सुन्दरता र प्रेमको भावना एकसाथ मिसिएको देखिन्छ भने निर्देशक दुलालका अनुसार, “यो गीतले धेरैको मनमा दबिएका भावना बोल्छ । हामीले लोकेशनदेखि दृश्य संयोजनसम्म यथार्थता झल्काउन विशेष ध्यान दिएका छौँ ।

दर्शकले आफ्नो भावनात्मक कथा यसमा देख्नेछन् भन्ने विश्वास छ,” उनले भने ।‘ए मेरी मायाँ’ प्रेमका असम्भव अभिव्यक्तिहरूलाई संगीत र दृश्यको सुन्दर मिश्रणमार्फत उजागर गर्ने सफल प्रयासको रूपमा प्रस्तुत गरिएको छ ।

तपाईको प्रतिक्रिया