माघ १ गतेदेखि देशव्यापी प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘मिरमिरे’ का दुई पोस्टर सार्वजनिक भएका छन्। सार्वजनिक पोस्टरहरूले फिल्मको कथावस्तु र पात्रहरूको भावनात्मक गहिराइ झल्काएको देखिन्छ।

निर्माण पक्षका अनुसार ‘मिरमिरे’ले प्रेम, सपना र संघर्षको कथालाई मनोरञ्जनात्मक ढङ्गमा प्रस्तुत गर्नेछ। सार्वजनिक पोस्टरमा मुख्य कलाकारहरूलाई फरक मुडमा देखाइएको छ, जसले फिल्मको कथाबारे जिज्ञासा थपेको छ।

फिल्मको टिजर चाँडै सार्वजनिक हुने तयारीमा रहेको निर्माण टिमले जनाएको छ। त्यस्तै ‘मिरमिरे’लाई नयाँ सोच र प्रस्तुतीकरणसहितको नेपाली कथानक फिल्मका रूपमा बजारमा ल्याउने लक्ष्य लिइएको छ।

तपाईको प्रतिक्रिया