काठमाण्डौ । एउटा कुनै पनि गीतले पूर्णता पाउँन त्यसको संगीत, स्वर, शब्द लगायत सबै पक्ष बलियो हुनपर्दछ, अनि मात्र श्रोता तथा दर्शकहरुको मनमा राज गर्न सकिन्छ भन्ने सोचले वरिष्ठ गायक तथा सर्जक घमेश दुलालले भर्खरै मात्र आफ्नो पछिल्लो प्रस्तुतिको रुपमा लोक दोहोरी गीत “पातली ए नारन” लाई सार्वजनिक गरेका छन् ।
रोमान्चक सैलिमा प्रेमिल भाव समाबेश गरिएको गीतमा लय नारायण दंगालको रहेको छ भने शब्द अशोक कुमार सापकोटाको रहेको छ । नारायण दंगालको संगीत संयोजनमा तयार भएको गीतलाई उनै वरिष्ठ गायक तथा सर्जक घमेश दुलाल र शारदा रसाइलीको स्वरले सजाइएको छ ।
प्रस्तुत गीतमा कुमार सुनेल, बिना राउत, दिपेन्द्र सोनाम र जुनु एस डी को म्युजिक भिडियो अभिनयले पनि थप आकर्षण प्रदान गरेको छ । घमेश दुलाल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको यस गीतको म्युजिक भिडियोलाई निरेन श्रेष्ठले निर्देशन गरेका हुन् भने छायांकन सुनिल भण्डारी र सम्पादन रोशन धितालले गरेका छन् ।
भिडियो हेर्न तल क्लिक गर्नु होला ।



































