अभिनय क्षमताका कारण दर्शकमाझ लोकप्रिय रहँदै आएकी  कुशल अभिनेत्री श्री रुशा न्यौपाने नेपाली चलचित्र ‘मितज्यू’ मा आवद्ध भएकी छन् । निर्माण पक्षले उनलाई औपचारिक रूपमा चलचित्रमा स्वागत गर्दै शुभकामना व्यक्त गरेको छ । न्यौपानेको प्रवेशसँगै चलचित्र ‘मितज्यू’ थप सशक्त बन्ने विश्वास निर्माण टिमले लिएको छ ।

चलचित्रमा उनको भूमिका के कस्तो रहने भन्ने विषयमा भने निर्माण पक्षले अहिले केही खुलाएको छैन । चलचित्र ‘मितज्यू’ सामाजिक कथावस्तुमा आधारित रहने बताइएको छ । यसअघि नै कलाकार छनोट, कथा तथा प्राविधिक पक्षमा विशेष तयारी भइरहेको जनाइएको छ । रुशाको सहभागिताले चलचित्रप्रति दर्शकको चासो अझ बढ्ने अपेक्षा गरिएको छ ।

तपाईको प्रतिक्रिया