वसन्त पञ्चमीको पावन अवसर पारेर दाङस्थित ऐतिहासिक अम्बिकेश्वरी मन्दिरमा चलचित्र ‘मितज्यू’को शुभ मुहूर्त सम्पन्न गरिएको छ। धार्मिक विधिपूर्वक गरिएको शुभ मुहूर्तसँगै चलचित्रको छायाङ्कन कार्य औपचारिक रूपमा सुरु भएको छ ।

शुभ मुहूर्त कार्यक्रममा चलचित्रका कलाकार, निर्देशक, निर्माता तथा प्राविधिक टोलीको उपस्थिति रहेको थियो। अम्बिकेश्वरी मन्दिरमा पूजा–आराधना गर्दै फिल्मको सफलताको कामना गरिएको थियो।
‘मितज्यू’ सामाजिक कथावस्तुमा आधारित चलचित्र भएको बताइँदै आएको छ। छायाङ्कन दाङसहित विभिन्न स्थानमा गरिने निर्माण पक्षले जनाएको छ भने चलचित्रले नेपाली समाजका सम्बन्ध, भावना र यथार्थ पक्षलाई पर्दामा प्रस्तुत गर्ने अपेक्षा गरिएको छ।




































