प्रदर्शनरत नेपाली चलचित्र ‘आबाट आमा’ को प्रचारलाई निरन्तरता दिँदै चलचित्रको टिम आज बेलुका विराटनगर आउने भएको छ । टिमले विराटनगरका दुई हल सेन्ट्रल मल्टिप्लेक्स र सिटी सिनेमामा पुगेर दर्शकसँग प्रत्यक्ष भेटघाट गर्ने कार्यक्रम तय भएको निर्माणपक्षले जनाएको छ । आज साँझ हुने उक्त कार्यक्रममा चलचित्रका कलाकार तथा निर्माण टिमका सदस्यहरू हलमै उपस्थित भएर दर्शकको प्रतिक्रिया सुन्ने, धन्यवाद व्यक्त गर्ने र साक्षात्कार गर्नेछन् ।
प्रदर्शनपछि दर्शकसँगको प्रत्यक्ष संवादले फिल्मप्रतिको उत्साह अझै बढ्ने विश्वास निर्माण टिमले लिएको छ भने पारिवारिक भावनामा आधारित ‘आबाट आमा’ले आमाको त्याग, माया र संघर्षलाई मुख्य विषय बनाएको छ । त्यस्तै रिलिजपछि दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको चलचित्रले देशका विभिन्न सहरमा प्रचार अभियानलाई तीव्र बनाइरहेको छ । विराटनगरका दर्शकले आज बेलुका सेन्ट्रल मल्टिप्लेक्स र सिटी सिनेमामा ‘आबाट आमा’ टिमसँग भेट्ने अवसर पाउनेछन् ।




































