विराटनगर । विराटनगर– ५ स्थित एभरेष्ट सेकेन्डरी स्कुलमा जारी अन्तर हाउस फुटबल टुर्नामेन्टमा आज सेमिफाइनलका खेलहरु सम्पन्न भएका छन् । आज कक्षा ६ र ७ को समूह र कक्षा ८ र ९ को समूहका सेमिफाइनलका खेलहरु सम्पन्न भएका हुन् । कक्षा ६ र ७ को समूहको खेलमा कर्णाली हाउसलाई १ का विरुद्ध दुई गोल गर्दै कोशी हाउस फाइनलमा प्रवेश गरेको छ । कोशीका लागि कक्षा ७ का सुमन पुरी र अनमोल राज लिम्बुले गोल गर्नुभयो । कर्णालीका लागि कक्षा ७ का रोजन आचार्यले गोल गर्नुभयो । यस्तै टाईब्रेकरमा ३–१ गोल अन्तरले नण्डकी हाउसलाई पछि पार्दै मेची हाउस फाइनलमा पुगेको छ ।
यसैगरि कक्षा ८ र ९ को समूहबाट कोशीलाई हाउसलाई शुन्यका विरुद्ध दुई गोल गर्दै मेची हाउस फाइनलमा पुगेको छ । मेचीका लागि कक्षा ९ का अनुश पुरी र कक्षा ८ का निगम घिमिरेले गोल गर्नुभयो । यस्तै अर्को खेलमा कर्णालीलाई २–० को अन्तरले पछि पार्दै गण्डकी फाइनलमा पुगेको छ । गण्डकीका लागि कक्षा ८ का सामथ्र्य पाठक र आयुष चौधरीले गोल गर्नुभयो । बिहिबार छात्रा खेलाडीहरुको समेत तीन वटा समूहका फाइनल खेल हुने विद्यालयकी अतिरिक्त कृयाकलाप ईन्चार्ज सुधा डंगोलले बताउनुभयो । यस अघि हिजो कक्षा ३ देखि ५ सम्मका खेलाडीहरुका स्पर्धा भएका थिए । जसमा कोशी हाउसले उपाधी जितेको छ । फाइनलमा कोशीले गण्डकी हाउसलाई २ गोल गर्दै उपाधि जितेको हो ।

तपाईको प्रतिक्रिया