काठमाण्डौ । नेपाली कला जगतबाट समाजमा भए गरेका घटना र परिघटनालाई उजागर गर्दै “अनागरिक” नामाकरणको साथमा एक सिरिज सार्वजनिक भएको छ । सिरिजमा परिस्थितिले निम्त्याएको एक सडकमा रहेका अनाथ युवाको दर्दनाक कथा समाबेश गरिएको छ ।

कथा तथा निर्देशन दिपेन्द्र सोनामको रहेको यस सिरिजमा दिपेन्द्र सोनाम, अस्मिता प्रधान, नरेश लामिछाने, सौगात अधिकारी, बसन्त कार्की र मिना परियारको अभिनय देख्न सकिन्छ । १० मिनेट ३५ सेकेन्डको समयमा तयार यस सिरिज छोटो भए पनि गहिराई भने निकै उच्च रहेको छ ।

ओम प्रसाईंको छायांकनमा तयार भएको सिरिजलाई कल्पेस विश्वकर्माले सम्पादन गरेका हुन् भने दिपेन्द्र सोनाम अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

सिरिज हेर्न तल क्लिक गर्नु होला ।

तपाईको प्रतिक्रिया