काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, उपत्यका समन्वय ललितपुर समितिको आयोजनामा “तेस्रो संस्थागत एकल लोक गायन प्रतियोगिता” यही जेठ २३ गते सम्पन्न हुने भएको छ । सो प्रतियोगिता ललितपुरको महालक्ष्मीस्थान स्थित साथीको रोधीघरमा सम्पन्न भब्य रुपले सम्पन्न हुँदै छ । मौलिक तथा लोपोन्मुख लोक संस्कृतीको जगेर्नाको निमित्त सो प्रतियोगिता गर्न लागिएको हो ।
सोही संस्थाका पुर्व अध्यक्ष तथा गायक सुजन बराईलीको कार्यकालबाट सुरुवात गरिएको “तेस्रो संस्थागत एकल लोक गायन प्रतियोगिता – २०८३” लाई वर्तमान अध्यक्ष बेलीमाया पुलामीको कार्यसमितिले निरन्तरता दिन लागेको हो । सो प्रतियोगितामा उपत्यका समन्वय समिति अन्तर्गतका १० वटा समितिले मात्र भाग लिन पाउने छन् । प्रतियोगितामा प्रतियोगीले पहिलो चरणमा आफुले चाहेको गीत गाउन पाउने छ भने दोस्रो चरणमा निर्णायकले दिएको गीत गाउनुपर्ने हुन्छ ।
“तेस्रो संस्थागत एकल लोक गायन प्रतियोगिता – २०८३” मा केन्द्रिय उपाध्यक्ष राजु ढकाल निर्णायक संयोजकको रुपमा रहने छन् बरिष्ठ गायिका सीता थापा, चर्चित गायिका देबी घर्ती मगर, चर्चित गायिका जुना श्रीष मगर र चर्चित गायक राम कुमार नेपाली निर्णायकको रुपमा रहने छन् । “तेस्रो संस्थागत एकल लोक गायन प्रतियोगिता – २०८३” को अवसरमा बरिष्ठ लोक गायिका शर्मिला गुरुङलाई लोक स्रष्टा सम्मानद्धारा सम्मान गरिने भएको छ ।
प्रतियोगितामा प्रथम पुरस्कार ३० हजार रुपैयाँ, द्धितिय पुरस्कार २० हजार रुपैयाँ र तृतिय पुरस्कार १० हजार रुपैयाँ निर्धारण गरिएको छ। उक्त प्रतियोगितामा राष्ट्रिय स्तरका ख्याती प्राप्त कलाकारहरु, संगीतपे्रमी महानुभाबहरु, पत्रकारहरु र समाजसेबीहरुको बिशेष उपस्थिती रहने छ ।
“तेस्रो संस्थागत एकल लोक गायन प्रतियोगिता – २०८३” लाई आर्थिक, नैतिक, भौतिक रुपले आफुले सकेको सहयोग गरी सभ्य तथा भब्य रुपमा सफल बनाईदिनका लागी उपत्यका समन्वय ललितपुर समितिकी अध्यक्ष बेलीमाया पुलामीले अनुरोध गरेकी छिन् । बिस्तृत जानकारीका लागी ९८५१०६९५०३ र ९८५११९५२९० मा सम्पर्क गर्न सकिने छ ।










