रोशन पोखरेल , असार २६  । नेपाली आधुनिक सुगम संगीतमा स्थापित बनिसकेकी गायिका मेलिना राईको कर्णप्रिय आवाजमा रहेको गीतकार दिलिप योञ्जन द्धारा लिखित  “आफनै छायाँले ”  गीतको भिडियो सार्वजनिक भएको छ ।
 जिवनका सर्णिम बास्तविकतालाई कलात्मक रुपमा गीतमा मर्म स्पर्शी रुपमा ब्यक्त गरिएको छ । चर्चित संगीतकार राजेश थापाको संगीत गीतमा रहेको छ ।गीतको गायकी शब्द तथा संगीत निकै प्रशंसालायक रहेको छ । पेन्जी योञ्जनको छायाँकन, टेकेन्द्र शाहको सम्पादन विरेन्द्र नौभाग्यको निर्देशन रहेको छ ।भिडियोमा राजकुमारी तामाङ र विरेन्द्र नौभाग्यको अभिनय रहेको ेछ ।
हेर्नुहोस भिडियो ।
मेलिना राईको “आफनै छायाँले ”( भिडियो सहित )





					
				

































































