काठमाडौं । सुमधुर स्वरकी नि धनी गायिका मिङ्स लामाले भर्खरै ‘डम्फुमा सेलो ’ म्युजिक भिडियो सहित स्रोता दर्शकमाझ लिएर आएकी छन् । सेलो गीतमा छुट्टै पहिचान बनाउन सफल गायिका मिङ्स लामाको ‘नाचन च्याङ्बा नाचन, फनफनी घुमी कम्मर भाचन’ गीतको म्यूजिक भिडियो सहित बजार आएकी हुन् ।

सेलो गीतमा पल शाह र सुमि मोत्तानलाई अभिनय गराइएको छ । गीतमा जल्दा बल्दा गीतकार तथा संगीतकार असुसेन लामाले गीत रचना गरेका हुन भने संगीत पनि उनैको रहेको छ । यस गीतको म्ुयजिक भिडियोलाई निकेश खड्काले निर्देशन गरेका छन् । सोनम लामा (ब्लोन)को लगानी रहको भिडियोको छायाँकन धिरजजंज शाहले गरेका हुन् । धेरै सयम पछि सेलो गीत बजारमा ल्याउन पाउदा खुसी लागेको मिङ्स लामाले बताइन ।

उनको यो म्युजिक भिडियोलाई दर्शकले २४ घण्टामा २ लाख पटक हेरिएको छ । यसरी दर्शकले रुचाइदिएकोमा उनी दंग परेकी छन् ।
भिडियो

तपाईको प्रतिक्रिया